Rule 20
शपथ ग्रहण
(१) सेवामा नियुक्त हुने प्रत्येक कर्मचारीले अनुसूची–९ बमोजिमको
ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम शपथ ग्रहण गराउँदा अधिकृत तहको हकमा
मन्त्रालयको सचिवले र सहायक तहको पदको हकमा अख्तियारवालाले शपथ ग्रहण
गराउनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम कर्मचारीले गरेको शपथ ग्रहणको एक प्रति
निजामती किताबखानामा पठाउनु पर्नेछ र अर्को प्रति सो कर्मचारी कार्यरत रहेको
कार्यालयमा राख्नु पर्नेछ ।